४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ ।

यसअघि कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाएकोमा स्थगित गर्दै मंगलबार विहान ९ बजेका लागि सारेको हो । दलको कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजेबाट दलको बैठक बस्नेछ ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । त्यसअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ । संसदीय छानबिन समिति गठन नभए सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने कांग्रेसको रणनीति छ ।

 

प्रतिक्रिया दिनुहोस्