६ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार स्वास्थ्य

उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौं मन्त्री श्रेष्ठ

३१ वैशाख, काठमाडौं ।  परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए ।

उनले भने, ‘हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैं निर्णय गरौं । विरामी हुने अनि उपचार गर्ने हो की सकेसम्म विरामी नहुने भन्ने विषय आफैंमा निर्भर हुन्छ ।

अस्पताल, डाक्टर, मेडिसिन र प्रविधिको कुरा नगरौं । निरोगी रहने प्रयास गरौं । उपचारका लागि खर्च गर्नुभन्दा स्वस्थ्य रहनका लागि खानपानका लागि व्यवस्था गरौं ।’

यसको साथै उनले नेपालको गुणस्तर शिक्षा भनेको राम्रो अंकमा पास गर्ने, अंग्रेजी बोल्ने र रोजगार सुनिश्चित गर्नेसम्म मात्रै सिमित भएको भन्दै शिक्षा जीविकोपार्जनको साधनको रुपमा प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘शिक्षाको मुख्य विषयका बारेमा नै हामीले बहस गर्न जरुरी छ । शिक्षा केका लागि हो, बाँच्नका लागि हो कि जीवनको लागि हो ? शिक्षामा हातमुख जोड्ने साधन मात्रै नसोचौं । गुणस्तर शिक्षा भनेको राम्रो अंकमा पास गर्ने, अंग्रेजी बोल्ने, कर तिर्ने र रोजगार सुनिश्चित गर्नुलाई मात्र गुणस्तर शिक्षा भन्न थालेपछि हाम्रो देश कहाँ जान्छ । शिक्षाको लक्ष्य जीविकोपार्जनको साधन मात्र हुनु हुदैंन् ।’

प्रतिक्रिया दिनुहोस्