२ कार्तिक २०८१, शुक्रबार
राजनीति

कांग्रेसबिनै कोशी प्रदेश सभाको बैठक सुरु

३१ वैशाख, विराटनगर । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस भने अनुपस्थित भएको छ । यतिबेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्