४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

‘सरकार सहकारीमा ठगी गर्नेहरुलाई बचाउन लागेको पुनर्पुष्टि भयो’

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितहरुलाई सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रमले नयाँ उत्साह नदिएको बताए ।

बरु महत्वपूर्ण कुराहरु छुटेको भन्दै उनले भने, ‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन । सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन ।’

नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो ।’

यसले सरकार सहकारी पीडितहरुको मर्काप्रति संवदनशील छैन भन्ने प्रष्ट भएको लेखकले बताए । उनले भने, ‘सहकारीमा ठगी गर्ने मानिसहरुलाई बचाउने काममा सरकार लाागेको छ भनेर हामीले भनिराखेका थियौं । यसको पुनर्पुष्टि भएको छ ।’

प्रतिक्रिया दिनुहोस्