६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

२ जेठ, चितवन । दोलखामा मलामी बोकेको सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका-१ को भटमासेमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

घाइते भएका उनीहरूलाई दोलखामा रहेको पशुतिपति चौलागाइ अस्पतालमा उपचारका लागि लगिएको छ ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्