३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

चितवनमा निःसन्तानपन बारे सचेतना फैलाउन र्‍याली

३ जेठ , चितवन।निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा र्‍याली निकालिएको छ।

बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआईनारायणगढले संयुक्त रुपमा सचेतनामूलक र्‍याली निकालेका हुन्।

निःसन्तानपन का कारण समाजमा हुने घरेलु हिंसाकोअन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथानिःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा सचेतना फैलाउन र्‍यालीको आयोजना गरिएको शिशु फर्लिलिटीकी सिइओ सविना बजगाईंले जानकारी दिइन्।

उनका अनुसार नेपालमा निःसन्तान पन एक बढ्दो चुनौतीको रुपमा देखिएको छ भने निःसन्तान पन भएका जोडीहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा अनेक समस्याहरु निम्तिएका छन् ।जसकारण ती जोडीहरुको जीवन मा सामाजिक सम्मानर समर्थनको अभाव छ।

‘यो असम्बद्धता र विभेदले उनीहरू लाई मानसिकर आत्मिक रूपमा पराजित गराउँछ ।निःसन्तानपन नेपालमा दुब्र्यबहार र घरेलुहिंसाको कारण पनि बन्दै आएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा परिवारको साथ नपाउँदा, जीवन अधिक कठिन बन्छ । परिवारले बुझेर साथ दिएपछि पनि निकै मानसिक र  भावनात्मक चुनौतीहरू कम हुन्छन्।’

शिशु फर्लिलिटीले निःसन्तानपनका कारण हुने समस्याहरुको समाधानका लागि विभिन्न प्रयास गर्दै आएकोछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्