३ कार्तिक २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : संसदीय छानबिन समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेसको अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्