४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

रुकुमपश्चिममा गर्भवती र कुरुवालाई निःशुल्क खाना

३ जेठ, रुकुमपश्चिम । रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताए । उनी मुसिकोट–११ का वडाध्यक्षसमेत हुन्।

“गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो”, उनले भने ।

सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्