४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये १ जनाको शव भेटियो

४ जेठ , काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार  युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट हराएका थिए ।

प्रतिकुल मौसमले पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्