५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको पक्षमा रहेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले विघटन गरेको संसद त्यतिखेर सही भन्ने लाइनमा फेरि जान चाहनुहुन्छ’ शाहीले भने

संसद चल्न नदिएर प्रतिनिधि सभालाई विघटनतर्फ लैजान एमाले अध्यक्ष ओली उद्धत रहेको उनको आरोप छ ।

‘उहाँ (केपी ओली) लाई स्पष्ट थाहा छ । संसद अवरुद्ध भएर बजेट आएन भने संसद विघटन हुन्छ भन्ने उहाँलाई प्रष्ट थाहा छ । त्यसैको भूमिका खेल्नुभएको हो’ शाहीले भने ।

प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।

संसद खुलाउन स्वयम गृहमन्त्री लचिलो रहेको तर, एमाले अध्यक्ष ओली लचिलो नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्