५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

दीय समितिको टीओआरमा सहमति नजिक कार्यदल, आन्तरिक छलफलमा कांग्रेस

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरु बताउँछन् ।

समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सदस्य कांग्रेस नेता जीवन परियार छलफल सकारात्मक रहेको बताउँछन् । कार्यदलको बैठकमा परियारबाहेक कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका थिए ।

परियार र कार्की दुवै कार्यदलको बैठक स्थगित गरेर संसदीय दलको कार्यलयमा गएका छन् । उनीहरुसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरुका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेताहरुका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर, समस्याग्रस्त सहकारीहरुको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरु सहमति नजिक पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्