२६ पुष २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

संसदीय छानविन समिति : कार्यदेशका विषयमा साँझसम्म सहमति हुने

६ जेठ , काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ । विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय माग्नुभएको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ,’

सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यदेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेका हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।

कार्यदेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै छ ।

०००

प्रतिक्रिया दिनुहोस्