५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

प्रतिपक्षीको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

७ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षीदलहरूको विरोधका बाबजुत पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत मागिरहेका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस्