५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

बालेनको चेतावनी : सिंहदरबार, पार्टी कार्यालय र नेताका घरबाट फोहोर उठ्दैन

फोहोर बोक्ने सवारीका चालकहरूलाई स-सम्मान रिहा गर्न माग

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर साहले दिएका हुन् ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् ।

जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने उनले भनेका छन् ।

‘को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

मेयर बालेनको सचिवालयको अनुसार बन्चरेडाँडामा फोहोर बोकेर जाने सवारीसाधनलाई अवरोध भएपछि काठमाडौंको कोटेश्वर क्षेत्रमा फोहोर बोकेका टिपर लगायतका गाडीहरू पार्किङ गरेर बसेपछि ट्राफिकले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्