५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार

बेलायती प्रधानमन्त्रीलाई सगरमाथा आधार शिविर जान मनिषाको निम्तो

१० जेठ, काठमाडौँ । वेलायत भ्रमणमा रहेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निमन्त्रणा दिएको बताएकी छिन् ।

नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एकसय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा उपस्थित भएकी मनिषाले सगरमाथा आधार शिविर जानेगरी नेपाल आउन निम्ता दिएको सामाजिक संजालमार्फत जनाएकी छिन् ।

प्रधानमन्त्री सुनक र मनिषाबीच क्याजुअलरुपमा गफगाफ गरिरहेको तस्वीर पोष्ट गरेकी उनले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको उल्लेख गरेकी छन् ।

मनिषा स्वयमले इन्स्टाग्रामबाट सुनकसँगको भेटका तस्वीर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन । प्रधानमन्त्री सुनकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ। ‘हीरामण्डी’ सिरिजको कार्यक्रममा लन्डन पुगेकी उनले आयोजित समारोहमा थुप्रै नेपालीहरुसँग भेटेकी थिइन ।

समारोहमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली समूदायको बाक्लो उपस्थिति थियो । समारोहमा सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरेका थिए ।

बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्