Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाघको आक्रमणबाट महिलाको मृत्यु

रासस
11 महिना अघि

१० जेठ, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् ।

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया