५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

यस्तो छ आजको मौसम ,यि ठाउमा भारी बर्षाको सम्भावना

११  जेठ , काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–

भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्