काठमाडौं–तराई/मधेसको धेद्रे सुरुङमार्ग छिचोलियो
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/05/Dhedre-Surung-marga-Kathmandu-nijgadh-1230x700.jpg)
११ जेठ, काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रवार छिचोलिएको छ ।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ ।
यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्