६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

बंगालको खाडीमा चक्रवात, नेपालमा वर्षा

१३ जेठ , काठमाडौँ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात सुरू भएको छ

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा पनि परेकाे छ।

चक्रवातका कारण काठमाडौंसहित नेपालकाे पुर्वी भेगमा आज बिहान ११ बजेदेखि हल्का वर्षा भइरहेको छ ।

वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भए ।

क्याम्पस जाने र फर्किने क्रममा कतिपय छात्रछात्राहरु पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका थिए । साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने, ट्राफिक प्रहरीहरु पानी पर्दा पनि आफ्नो काममै जुटिरहेका छन् ।

प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।

प्रतिक्रिया दिनुहोस्