Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नारायणगढ – मुग्लिन सडक खण्डमा ४ वटा सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, २३ घाइते

रातो कागज
10 महिना अघि

१४, जेठ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा गएराती एक आपसमा चारवटा सवारी साधन आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ बर्षका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुवाहक बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रकले ठक्कर दिँदा अन्य सवारी साधानहरु यि दुबै सवारीमा ठोक्किएका थिए ।

काठमाडौंबाट बर्दिवासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सबै सवारी साधनहरु हटाएर विहान करीव ५ तिरबाट सडक यथावत सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका व्यक्तीहरु

१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.मध्यम
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल गम्भिर ।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार मध्यम (हाल परिसर ललितपुर काठमाण्डौमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको ९८४०९३४४४३)
५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने बर्ष २९ की पबित्रा दर्लामि सामान्य ।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि मध्यम ।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २० को समिर के एम मध्यम ।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी मध्यम ।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी मध्यम ।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने बर्ष ५६ की मनदेवि थापा गम्भिर ।
११. जि.प्युठान बस्ने बर्ष ६० को पदम थापा सामान्य ।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने बर्ष २१ को सुशिल के.सी.मध्यम ।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी मध्यम ।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष १८ की सलिसा थापा मध्यम ।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने बर्ष ३८ को प्रकास के.सी. मध्यम ।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष ५३ की पार्वता के.सी मध्यम ।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था गम्भिर ।
१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने बर्ष २९ को दिपक सुनार सामान्य ।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी मध्यम ।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २५ को सन्तोष के.सी. गम्भिर ।
२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी गम्भिर ।
२२.मृतक हाल नामथर वतन नखुलेको बर्ष अं.१६।१७ को पुरुष ।
२३.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने बर्ष २६ को सुवास कार्की सामान्य,डिस्चार्च भई जिप्रकाको नियन्त्रणमा ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया