चितवनमा किसानका केराका बोट काटेको आरोपमा ४ बालक पक्राउ
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/05/chitwan-kera-bari.jpg)
१४, जेठ, चितवन । किसानले लगाएको केराका बोट काटेकाे आराेपमा ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बालक छन् । उनीहरुले जेठ १ गते रातको ११ बजेतिर खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करीव पाँच कठ्ठा क्षेत्रफलमा लगाएको ३१५ बोट केरा काटेर नष्ट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राऊ पर्नेमा १२, १३ र १४ बर्षका बालक रहेका छन् । प्रहरीले उनीहरुको नाम परिवर्तन गरेर मगनीचोक ( १३ बर्ष), होलिल्याण्ड ( १४ बर्ष) चौबिसकोठी (१२ बर्ष) र धुसरी(१४ बर्ष) राखेको छ ।
प्रहरीले उनीहरुलाई जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्