Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दार्चुलामा २ जनाको शव फेला

रातो कागज
10 महिना अघि

१४ जेठ , काठमाडौँ । दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरु नातामा काका भतिजा पर्छन्। खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजना घटनास्थलबाट केही तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया