३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मनोरन्जन

‘जनरल हस्पिटल’ अभिनेता जोनीको हत्या

१४ जेठ, लसएन्जल्स । अमेरिकी अभिनेता जोनी वाक्टरको लसएन्जल्समा गोली हानी हत्या गरिएको छ । अभिनेता वाक्टरको कारको एक भाग चोर्ने प्रयासमा रहेका व्यक्तिले उनको हत्या गरेका हुन् ।

वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए । आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए । क्यालिटीक कन्भर्टर महंगो मूल्यमा बिक्री हुने फलामको साधन हो ।

अमेरिकी सप ओपेरा ‘जेनेरल हस्पिटल’बाट लोकप्रियता कमाएका अभिनेताको शनिबार बिहान निधन भएको थियो । उनका एजेन्ट डेभिड साउलले जोनी एक ‘उत्कृष्ट मानव’ भएको बताएका छन् ।

जोनीकी आमा स्कार्लेटले आफ्नो छोरा कामबाट फर्किएर कारतर्फ आइरहँदा यो घटना भएको बताइन् । ‘ऊ आफ्नो कारतर्फ अगाडि बढिरहेको थियो । उसको कार छिमेकीको घरको अगाडि थियो । उसले कारलाई ढल्किरहेको देखेपछि उसले त्यो व्यक्तिलाई ‘तिमी मेरो कार उठाइरहेका छौ रु’ भनेर सोधेपछि त्यो व्यक्तिले गोली हान्यो’, आमाले भनेकी छन् । स्कार्लेटले छोरालाई गोली हानेपछि गोली हान्ने व्यक्तिसहित दुई व्यक्ति भागेको बताएकी छन् । उनले छोराको हत्या गर्नु ‘मूर्खतापूर्ण’ काम भनेकी छन् ।

यो घटना लसएन्जल्सस्थित वेस्क पिको बुलेभार्ड र साउथ होप स्ट्रिटको कुनामा भएको थियो । घटनापछि फरार अभियुक्त पक्राउ परेका छैनन् ।
‘जनरल हस्पिटल’का निर्माताहरुले साउथ क्यारोलिनामा जन्मिएका वाक्टरलाई ‘हरेक दिन काम गर्न पाउँदा खुशी हुने व्यक्ति’का रुपमा चित्रण गरेका छन् ।
वाक्टरले ‘जनरल हस्पिटल’मा दुई वर्ष काम गरेका थिए । उनले २०१३ एनबीसी सिरिज ‘साइबेरिया’ र एचबीओको ‘वेस्टवल्र्ड’मा दुई एपिसोडमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्