Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मंगल ग्रहमा २ महिनामै पुग्नेछन् अन्तरिक्ष यात्री, प्लाज्मा रकेट बनाउने नासाको योजना

रातो कागज
11 महिना अघि

१५ जेठ, काठमाडौं। मंगल ग्रहमा मानिसले पाइला टेक्ने कुरा वास्तवमै निकै कठिन तथा सुदूर भविष्यको सम्भावनाको विषयका रुपमा रहेको छ ।

यसका लागि यस्तो यानको आवश्यकता पर्नेछ जसले कम समयमा यति धेरै दूरी तय गर्न सकोस् । किनकि धर्ती र मंगल ग्रह बीचको दूरी परिवर्तन भैरहन्छ। अहिले जुन रकेट प्रविधि उपलब्ध छ त्यसको हिसाबले पृथ्वीबाट मंगल ग्रहमा जानका लागि २२ देखि २४ महिनासम्म लाग्न सक्दछ।

पृथ्वीबाट हिँडेको २ वर्षमा मात्रै मंगल ग्रहमा पुगिने अहिलेको अवस्थाले पनि मंगल ग्रहमा वस्ती बसाउने काल्पनिक योजनाहरुलाई पत्यारिलो बनाउन सकिरहेको छैन । तर अमेरिकी अन्तरीक्ष संस्था नासाले भविष्यका लागि एउटा यस्तो रकेट बनाउने योजना तयार पारेको छ जसका माध्यमबाट अन्तरीक्षयात्रीहरु केवल २ महिनामै मंगल ग्रहमा पुग्न सक्नेछन् ।

उक्त रकेटको नाम पल्स्ड प्लाज्मा रकेट (पीपीआर) रहेको छ । नासाले उक्त रकेटको विकासमा काम गर्नका लागि Howe Industries लाई रकम उपलब्ध गराएको छ ।

नासाका अनुसार उक्त रकेटको प्रपल्सन प्रणाली निकै विशेष र अत्याधुनिक छ । यसले हाइ स्पेसिफिक इम्पल्स अर्थात् आइएसपीमा उडान भर्नेछ । यसबाट रकेटको इन्जिनलाई शक्ति प्राप्त हुनेछ । यसको माध्यमबाट मंगल ग्रहमा कार्गो तथा अन्तरिक्षयात्रीहरुलाई २ महिनामा पूराउन सकिने नासाको दाबी छ। यद्यपि अहिले यो रकेटको अवधारणा मात्रै तयार भएको हो ।

पिपिआर रकेटमा आणविक फ्युजन प्रणाली जडित हुनेछ र आणविक उर्जा बाटै रकेट चल्नेछ। इसमा परमाणुलाई टुक्राइन्छ र त्यस क्रममा भारी मात्रामा उर्जा पैदा हुन्छ । यसले रकेटलाई तिव्र रुपमा अगाडि बढाउँछ । तर पिपिआर सानो आकारको हुनेछ, सामान्य ढंगको हुनेछ र अन्य खालका रकेटहरुको तुलनामा सस्तो पनि रहनेछ।

तर आकारमा सानो भएपनि यो रकेटले ठूला अन्तरीक्षयान हरुलाई समेत बोकेर अन्तरीक्षमा पूराउन सक्नेछ । यसमा यस्तो प्रविधि हुनेछ जसले अन्तरिक्षयात्रीहरुलाई खगोलीय कस्मिक किरणहरुबाट समेत बँचाउनेछ । जसका कारण अन्तरिक्षयात्रीहरु लमो समयसम्म अन्तरीक्षमा यात्रा गर्न सक्नेछन्

फेसबुकबाट तपाईको प्रतिक्रिया