५ आश्विन २०८१, शनिबार
अर्थ मुख्‍य समाचार

१० वर्षमा ३० खर्ब निर्यात गर्ने सरकारको घोषणा

१५ जेठ , काठमाडौं । नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने पनि जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका छन् । सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिजर्ना गर्ने व्यवस्था गरिने पनि उनको भनाइ छ ।

उनले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्बाहक बनाइने भन्दै नेपालमा सूचना प्रविधिमा डाटा सुरक्षा गर्ने व्यवस्था मिलाउने बताए । साथै डिजिटल नेपाल परिमार्जन गर्ने पनि सरकारको योजना रहेको उनले बताए । यससँगै अर्थमन्त्री पुनले काठमाडौं बाहिर सूचना प्रविधि पार्क बनाइने घोषणा गरेका छन् । साथै सरकारी डाटा सेन्टरको स्तरोन्नति गर्नेसहितका काम सरकारले आगामी वर्षमा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्