नावालिग करणीको अभियोगमा पक्राउ
१७ जेठ , म्याग्दी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्