६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

१८ जेठ , काठमाडौं । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रबार काठमाडौं फर्किएका हुन् ।

काठमाडौंमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वल्ड रेकर्ड बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताए ।

‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ,’ उनले भने, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्