४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विराटनगरमा छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन पासो

२० जेठ , विराटनगर । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् ।

इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिएका छन् । उनका अनुसार घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका रहेछन् । मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको रहेछ,’ ढकालले भने ।

प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।

‘आमा आइपुग्दा छोरा झुन्डिएको अवस्थामा रहेछ । छोरा झुन्डिएको देखेपछि आमाले पनि झुन्डिएको पाइयो । पछि गाउँलेहरू आउँदा दुवै जना झुन्डिएको देखियो,’ ढकालले भने ।

प्रहरी प्रमुख ढकालले जीवनका बुबालाई भेटेर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । ‘घटनालाई हामी विभिन्न कोणबाट हेर्दैछौं । प्रारम्भिक कोणबाट हे्दा उनीहरूबिच बेलाबेलामा झगडा गर्दथे भन्ने कुरा थियो । तर, आत्महत्या नै गर्नुपर्ने कुनै ठुलो इस्यु चाहिँ थिएन,’ ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्