३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

जातीय विभेद नहटेकोमा चिन्ता

२१ जेठ , काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबलीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा वहस कार्यक्रम गरेको छ ।
सोमबार काठमाडौं स्थित आरआर क्याम्पसको प्रर्दशनीमार्गमा संविधानमा जातीय भेदभाव नगर्ने भनेर घोषणा गर्दा पनि आजसम्म लागु नभएको भन्र्दै वहस गरेका हुन् ।

कार्यक्रममा सहभागी कानुन विद्यार्थी रञ्जना कामीले, गाउँ र सहरमा जातीय विभेद घट्दो भन्दा पनि बढ्दो क्रममा रहको गुनासो गरिन् । धेरै पढेलेखाकाहरुबाट नै झन धेरै जातीयविभेद हुने गरेको भन्दै भनिन्, ‘गाउँ र सहरमा जातीय विभेद केही फरक छैन। सहरमा अलिकति स्टान्डर्ड मेनटेन गर्न खोज्छन् त्यतिमा फरक हो ।

तर जातीय विभेद जहाँको त्यहिँ नै छ । बरु बढिरहेको छ । तर कम भने कलिकति पनि भएको छैन। जुन ठाउँमा जातीय विभेद गर्न हुँदैन् भनिन्छ त्यहि ठाउँमा झन धेरै भेदभाव हुन्छ । म त भन्छु कक्षा ५ देखिनै जातीय भेदभाव सम्बन्धि छुट्टै पाठ्यक्रम राख्नुपर्छ । किनकी मास्टर डिग्रि पढेकाहरुले झन धेरै भेदभाव गरेको पाईन्छ । तिनिहरुलाई पढे लेखेको भन्ने हामीले ?’

भर्खर जातीय विभेद अन्त्यका लागि सामाजिक कथावस्तुमा आधारीत गत १० गतेदेखि प्रदर्शनमा आएको फिल्म पुजार सार्कीको समेत टिप्पणी गरेकी छिन् । उनले फिल्मले बिजनेस ग¥यो पैसा कमायो आफ्नो व्यापार गरेको छ तर फिल्मले केही परिवर्तन नहुने उनको भनाई छ ।

उनले भनिन्, ‘लाईक फलोअर्सको लागि भाइरल हुन जे पनि गर्ने जमाना आइसक्यो, उदाहरणकालागि खुलेआम भन्छु भर्खरै प्रदर्शनमा आएको फिल्म पुजार सार्की फिल्मले बिजनेस गर्यो‍ । तर परिवर्तन केही पनि हुँदैन। पैसा कमायो आफ्नो व्यापार गर्यो‍ ।’

प्रतिक्रिया दिनुहोस्