४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

तीनकुनेको आगलागी, २ जना घाइते

२३ जेठ, काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथाप्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनैकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको गोदाममा आगलागी भएको हो । साहले सञ्चालन गरेको गु्रप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्