४ आश्विन २०८१, शुक्रबार
खेलकुद समाचार

टी–२० विश्वकप समीक्षाःकिनलो लाए नेपाली खेलाडी?

२३ जेठ,  काठमाडौं । सन् २०१४को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन ।

गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो ।

चिरपरि चितए सोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो । नेपालले दिएको एकसय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १८ ओभर चार बलमामात्र चार विकेट गुमाएर भेट्टायो ।

लय विर्सिएकाओपनरद्वय कुशलभूर्तेल र आशिफ सेखबाट विश्वकपको पहिलो खेलबाट जस्तो प्रदर्शनको आशा गरिएको थियो त्यस्तो सुरुवात हुन सकेन । नेपाली खेलाडी आफूसँग भएको सीप र क्षमता समेत बिर्सिएर लोलाए जस्ता देखिए ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला नेपाली जर्सी र नेपालको झण्डाले झकिझकाउ थियो । काठमाडौं स्थित टीयू क्रिकेट मैदानको झल्को दिनेगरि त्यहाँ नेपाली दर्शकको उपस्थिति थियो ।
नेदरल्याण्ड्सका सर्मथक माथि जसरी नेपाली दर्शकले दबदबा बनाएका थिए,मैदान भित्र खेलाडीहरुले त्यो हर्षलाई खुशीमा बल्न सकेनन् । अझ पछिल्लो समयको क्रिकेट समर्थकको भाषामा भन्ने हो भने ‘हाम्रा खेलाडीले न खेल जिते, न त मन नै ।

राती९ः१५ बाट सुरु हुनु पर्ने खेल ९ः४५ बाट सुरु भयो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती चरणबाट आफूलाई पिचमा टिकाउनु भन्दा पनि ठूलो स्कोर बनाउनतर्फ खेलाडीहरु तम्सिरहेका देखिन्थे । ओपनरद्वयभूर्तेल र आसिफ निर्भय देखिँदैन थिए र डट बलको दबाब पनि उत्तिकै देखिन्थ्यो ।

ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन सुरु गर्यो । विकेट गुमाउनुमा पनि डट बलकै दबाब देखिन्थ्यो । दोस्रो ओभरमा बलिङ गर्न आएका स्पिनर टिम प्रिंगलको पहिलो बलमै कुशल भूर्तेलले चौका प्रहार गरे । लगत्तै दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा स्ट्राइक पाएका आसिफले लगातार बलमा रन जोड्न सकेनन् । लगातार रन लिन नसकेपछि आसिफले ब्याटिङ अट्याक गर्न खेज्दा चार रनमा आफ्नो विकेट गुमाउन पुगे । त्यस्तै, लोगन भानबिकको चौथो ओभरको पहिलो बलमा कुशल भूर्तेल ७ रनमा एलबीडब्लू आउट हुनपुगे ।

दुवै ओपनर आउट हुँदादा नेपाल ३.१ ओभरमा १५–२ को अवस्थामा थियो ।

टी–२० क्रिकेटमा पावर प्लेको समयलाई रन जोड्ने मुख्य अवसरका रुपमा लिइन्छ । तर नेपालले त्यसको मौकाको फाईदा उठाउन सकेन । झन् सुस्त खेल्दै विकेट गुमाउँदै गयो । फलस्वरुप पावरप्लेमा नेपालले जम्मा २९ रन बनाएर दुई विकेट गुमाइ सकेको थियो । अर्थात् नेदरल्याण्ड्सले नेपाल माथिको दबदबा सुरुदेखि नै कायम राखेको थियो ।
बलियो योगफल बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले लगातार विकेट गुमाइ रहँदा नेदरल्याण्ड्सको पक्षमा खेल गइसकेको थियो । पावर प्लेका ६ ओभरमा नेपाली खेलाडीहरुले २७ बल डट खेलेका थिए । ती डट बलमा एक–एक रन मात्र जोड्न सकेको भए केहीअरुनै परिणाम पनि निस्कन सक्थ्यो ।

दबाबका बीच क्रिजमा रहेका कप्तान रोहित कुमार पौडेलले ९४को स्ट्राइट रेटमा बनाएको ३५ रन नै कुनैपनि नेपाली खेलाडीले दिएको ठूलो योगदान रह्यो ।३७बलको सामना गरेका पौडेलले पाँच चौकाको मद्दतमा ३५ रन बनाएका थिए ।

त्यसबाहेक अनिल कुमार साहले १२ बलमा ११ रन, कुशल मल्लले ९ बलमा ९ रन, दिपेन्द्र ऐरीले ६ बलमा १ रन, गुल्सनझाले १५ बलमा १४ रन, करन केसीले १२ बलमा १७ रन, सोमपालकामी, सागर ढकाल र अभिनास बोहरा शून्य रनमा आउट भए ।

पेभेलिएन, डग आउट र क्रिजमा रहने ब्याट्सम्यानले खेलेका डट बल यही पेरिफेरी माथियो नेदरल्याण्ड्स विरुद्ध नेपालको खेल ।

नेपाललाई खेलमा फर्किन राम्रो साझेदारी आवश्यक थियो । तर मध्यक्रममा आएका ब्याट्सम्यान समेत त्यो प्रदर्शन गर्न चुके ।

बलियो योगफलमा पुग्न एउटा सानदार साझेदारी आवश्यक पर्छ । तर, नेपालका ब्याटरले राम्रो साझेदारी पनि गर्न सकेनन् । तेस्रो विकेटलाई रोहित र अनिलले २७बलमा जोडेको २५ रन नै नेपालको इनिङको नेदरल्यान्ड्स विरुद्धको सर्वाधिक ठूलो साझेदारी थियो । त्यसपछि आठौं विकेटका लागि करण र गुलशनले १७ बलमा २२ रनको साझेदारी गरेका थिए ।

नेपाली ब्याट्सम्यानले खेलेका कुल ११६ बलमध्ये ६५ बल डट खेले । ठूलो योगफल बनाउनु भन्दा बल बाई रन बनाउन मात्र खोजेको भए पनि नतिजा केही फरक हुने आँकलन धेरैले गरिरहेका छन् ।

नेपालले पिचको कण्डिसन बुझेर विकेट जोगाएर खेलेको भएनतिजा फरक आउन सक्ने खेल पत्रकार तथा लेखक नवीनअर्यालको भनाइ छ ।
उनी भन्छन्, ‘जसरी पानी परेर ढिलो गरी खेल सुरु भएको थियो । नेपाली खेलाडीहरुले पिचको म्यारिट बुझेर खेल्न सकेनन् । उनीहरु ठूलो स्कोर बनाउन उन्मूख देखिन्थे । जसका कारण छिटोछिटो विकेट गइरहेको थियो । जुनप्रकारको साझेदारी बन्नुपथ्र्यो, त्यस्तो साझेदारी बनाउन सकेनन् । नेदरल्याण्ड्सले जोगिएर खेल्यो । सहजजीतनिकाल्यो ।

बकाखेलहरु पिचको म्यारिट बुझेर संयमित भएर खेले नेपालले अपेक्षित नतिजा निकाल्न सक्ने उनको प्रक्षेपण छ ।
अब नेपालले १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।त्यसपछि नेपाल वेष्टइण्डिज जाने छ । १५ जुनमा दक्षिण अफ्रिका र १७जुनमा बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्