३ आश्विन २०८१, बिहीबार
मनोरन्जन समाचार

‘लण्डन टु पेरिस’लाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

२३ जेठ, काठमाडौं । यही शुक्रबारबाट रिलिजहुने फिल्म ‘लण्डन टु पेरिस’लाई केन्द्रीय फिल्म जाँचपास समिति(सेन्सर बोर्ड)ले ‘यू’अर्थात युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् ।

फिल्मका कार्यकारी निर्माता सनीश खकुरेलले सेन्सर बोर्डका सदस्यहरुले एउटा राम्रो नेपाली फिल्म हेरेको प्रतिक्रिया दिएको बताए । घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी राज्यल क्ष्मीशाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्माथापा, मनिश श्रेष्ठ, मनिषगान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ ।

ट्राभल लभस्टोरीको कथा रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्