Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रदेश ३- ०२-००७ प ३८१२ नं.को पल्सर मो.सा.सहित १ महिला र १ पुरुषको शव फेला परे

News and Updates
10 महिना अघि

मिति २०८१/०२/२३ गते अं.१६:३५ बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.८ केराबारी स्थित भिरमा १ जना महिला र १ जना पुरुषको लाश रहेको भन्ने स्थानियबाट टेलीफोन जानकारी पश्चात इ.प्र.का.फर्पिङबाट घटनास्थल सुरक्षित गरि प्रहरी बृत्त कीर्तिपुर बाट लाशजाँच प्रकृती मुचुल्का लगायतको कार्य पुरा गरि नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी समेतको जनशक्तिको संयुक्त कारवाहीमा सडक बाटोबाट अं.२०० मिटर तल भिर पहरामा अट्की मृत अवस्थामा रहेको आवश्यक अनुसन्धान पश्चात पहिचान खुल्न आएका निम्न नामथर हुलिया भएका महिला र पुरुष शव र घटना स्थलमा टुक्रिएको अवस्थामा रहेको प्रदेश ३-०२-००७ प ३८१२ नं.को १५० सिसि पल्सर मो.सा.को पार्टपुर्जा समेतको मिति २०८१/०२/२४ गते बिहान १०:०० बजे निकाली शवहरु उद्धार गरिएको ।

उद्वार गरिएका शवहरुको विवरण १:-केटा (पुरुष) व्यक्तिको विवरण नामथर: रामचन्द्र खनाल वतन :- जिल्ला धादिङ सिद्धलेख गा.पा.वडा नं.५ घर भई हाल जिल्ला भक्तपुर बस्दै आएको । वर्ष:- ४२ हुलिया:-कालो जिन्सपाईन्ट खैरो टिसर्ट लगाएको २:केटी ( महिला ) व्यक्तिको विवरण नामथर:-सबिना राई वतन:-चाँगुनारायण न.पा.वडा नं.५ भक्तपुर वर्ष:-अं.३२ हुलिया:- कालो जिन्सपाईन्ट आकासे रंगको टिसर्ट रातो लेडिज व्याग रहेको ।

साे सम्बन्धमा प्रहरी परिसर काठमाडौ तथा प्रहरी वृत्त किर्तिपुर बाट अनुसन्धान भैरहेकाे

प्रवक्ता प्र.उ. नवराज अधिकारी मो.नं.९८५१२८१३४१ जिल्ला प्रहरी परिसर,टेकु काठमाण्डौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया