१० मंसिर २०८१, सोमबार
मनोरन्जन

‘लण्डन टु पेरिस’ प्रिमियरमा कसले के भने ?

२५ जेठ, काठमाडौं । आजशुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्डप्रिमियर गरिएको छ । प्रिमियर पछिफिल्मकर्मीले फिल्मको कथावस्तु मनपराएको प्रतिक्रियादिएकाछन् ।

निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपाल प्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उनले भने, ‘मलाई फिल्म राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन् । तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।

फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तल माथि भए पनि फिल्म राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्तछु’, उनले भने ।

निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई फिल्ममाआफूले भनेको बताए । उनले फिल्म विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए । यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चलखड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने ।

फिल्मका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनिदर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुनक्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।

फिल्मकी ‘डेब्यू’अभिनेत्री गरिमा शर्माले सानो पर्दामादर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने सतप्रतिशत कामदिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमाअझ सुधार्ने प्रयास गर्नेछु’, उनले भनिन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथार संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मीशाह, निश्चलखड्का, गरिमा शर्मा, कविर खड्का, रुष्माथापा, मनिशश्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्