३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

पर्वतीय सङ्ग्रहालयमा ऐतिहासिक तस्वीर प्रदर्शनी

२७ जेठ , काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा सगरमाथामा एक सय वर्षअघि भएगरेका गतिविधिलाई समेटेर तस्वीर प्रदर्शनी गरिएको छ ।

सन् १९२४ मा तेस्रोपटक सगरमाथा आरोहणका लागि जर्जमेलोरीको नेतृत्वमा गएको ब्रिटिस टोलीले आठ हजार एक सय ५६ मिटरको उचाइसम्म पुग्दा खिचिएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिएको छ ।

हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने सङ्ग्रहालयमा थप भएको तस्वीर प्रदर्शनीमा रोल जोग्राफी सोसाइटी, अलपाइन क्लब र माउण्ट एभरेष्ट फाउण्डेशनको सहकार्यमा संकलन गरिएका ९० फोटो राखिएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रदर्शनीको उद्घाटन गर्दै पर्यटन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । टे«किङ, आरोहण र धार्मिक पर्यटन गण्डकी प्रदेशको समृद्धिको आधार भएको बताउँदै उहाँले पर्यटकको बसाइ लम्ब्याउने खालका गतिविधि सञ्चालन गर्न तीनै तहका सहकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

विश्वमा सगरमाथाको देशका रुपमा परिचित नेपालको पर्यटन प्रवद्र्धनमा पर्वतीय सङ्ग्रहालयले थप योगदान पु¥याएको विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आमनागरिक रोजगार र उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्वतारोहण क्षेत्रमा रुचि राख्नेका लागि तस्बीर प्रदर्शनी प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य सरस्वती गुरुङले जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ब्रिटिस राजदूतावासका मेट वाल्टर्स, माउण्ट एभरेष्ट फाउण्डेशनका जोन पोटर, नेपाल पर्वताराहण सङ्घका महासचिव मोहन लम्साल, सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेस सिन्डुकार लगायतले पर्यटन प्रवद्र्धनमा हिमालको महत्व र सङ्ग्रहालयले खेल्दै आएको भूमिकाकाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्