७ आश्विन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ , काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५-१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान कठिन पर्ने देखिएको छ । समूह चरणका खेलमा यसअघि नेपालले नेदरल्याण्डसँग ६ विकेटले पराजय बेहोरेको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोश्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

अब नेपालले समूह चरणअन्तर्गत वेस्टइन्डिजमा दुई खेल खेल्नेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । वेस्टइन्डिजमा हुने खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने समेत सामेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्