७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

जसपाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै

३१ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

सोमबारदेखि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति किला केनड जारी जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे १० देखि साढे ११ बजेसम्म मनोनयन दर्ता भएको थियो । २०१ सदस्य नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पद बाहेकमा आज दिउँसोदेखि मतदान हुनेछ ।

एकजना सहअध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । सहअध्यक्षका लागि मेधशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोङ र संघीय सांसद राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै ५ उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाले उम्मेदवारी दिएका छन् । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी दिएका छन् । दुई महासचिवका लागि ६ जनाको उम्मेदावरी परेको छ । बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।

त्यस्तै सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् । खुल्लासहित विभिन्न
कलस्टरमा सदस्यहरुमा ठूलो संख्यामा उम्मेदवारी परेको छ । महाधिवेशनका लागि देशभरबाट एकसय पर्यवेक्षकसहित १३४९ प्रतिनिधि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्