७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

एकपटकको नेपाली सधैँलाई नेपाली : राष्ट्रपति पौडेल

३ असार, जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन् । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे । कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी थिए ।

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन तपाईहरुको भूमिका रहनुपर्दछ,’ राष्ट्रपति पौडेलले भनेका थिए । राष्ट्रपति पौडेलले श्रम र सामाजिक न्यायका लागि आफूले विश्व समुदायलाई अपिल गरिरहेको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई  जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहाँस्थित  नेपालीहरूले स्वागत स्वागत गरेका थिए । राजदूत खड्काले जर्मन  नेपालबीच लामो  समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक  पक्षबारे जानकारी गराएका थिए । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएका थिए ।

सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए । आज राष्ट्रपति पौडेलले समकक्षी जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ । पौडेले मंगलबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्