७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

आज तुलसीको दल छर्ने एकादशी

४ असार, काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

यो पाली एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । अन्तर्राष्ट्रिय कथा वाचक पंकज कुबेर सुवेदीले भने वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न उपयुक्त दिन हुने बताएका छन् । मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्