Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीमाथि सामूहिक करणी

रातो कागज
10 महिना अघि

५ असार, काठमाडौँ । अछाममा छाउगोठमा बसेकी एक किशोरीमाथि जवरजस्ती करणी भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक करणी भएको हो।

किशोरी करणीको आरोपमा प्रहरीले एक स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन। उनलाई अचेत अवस्थामा देखेपछि मंगलवार बिहान स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन्।

स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुखलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो। जिल्ला अस्पताल अछाममा गरिएको स्वास्थ्य परीक्षणमा उनी करणी भएको पुष्टि भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया