२२ भाद्र २०८१, शनिबार
जीवनशैली समाचार समाज

भारतः परोपकारमा सहभागी भएर आफ्नो जन्मदिन मनाउन राहुलको निर्देशन

५ असार,  काठमाडौं । नेहरु गान्धी परिवारको नेतृत्व गरिरहेका भारतीय कांग्रेसका नेता राहुल गान्धी आज ५४ वर्ष टेकेको अवसरमा वधाई र शुभकामना पाईरहेका छन् । उनलाई पूर्खाले स्थापना गरेको र भारतमा लामो सयम राजकाज चलाएको दल कांग्रेस आईले विभिन्न विशेषण सहित वधाई दिएको छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले आज ५४ वर्षको उमेरमा राहुललाई जन्मदिनको शुभकामना दिँदै संविधानका मूल्यहरूप्रति उनको अटल प्रतिबद्धताको गुण र लाखौं अपरिचित आवाजहरूको लागि उनको दयालु व्यवहारले फरक पहिचान बनाएको उल्लेख गरेका छन् । कांग्रेसका पूर्व अध्यक्ष र रायबरेलीका सांसद राहुलले सबै कांग्रेस कार्यकर्ताहरूलाई कुनै पनि भव्य समारोहहरू नगर्न र परोपकारमा संलग्न भएर आफ्नो जन्मोत्सव मनाउन निर्देशन दिएका छन् ।

‘विविधतामा एकता, सद्भाव र करुणाको कांग्रेस पार्टीको लोकाचार तपाईंका सबै कार्यहरूमा देखिन्छ, तपार्इंले सत्तालाई सत्यको ऐना देखाउँदै अन्तिम व्यक्तिको आँसु पुछ्ने अभियान जारी राख्नुहुनेछ’ भन्दै कांग्रेस अध्यक्षले शुभकामना दिएका छन् । तमिलनाडुका मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले पनि राहुललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।  उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले राहुललाई जन्मदिनको शुभकामना दिएका छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले, ‘म हाम्रा प्रिय नेता राहुलजीलाई जन्मदिनको शुभकामना दिन करोडौं भारतीयहरूसँग सामेल छु !’तेलंगानाका मुख्यमन्त्री ए रेभान्थ रेड्डीले पनि राहुललाई यस अवसरमा शुभकामना दिए र उनको व्यक्तित्व सबै बाधाहरूसँग लड्ने बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्