Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

रातो कागज
10 महिना अघि

५ असार,  काठमाडौं । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ ।फ्लाइ नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो ।फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक नचाउनेछन् ।

कार्यक्रममा मोडल करिष्मा ढकालको नृत्य प्रस्तुती रहनेछ ।‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीले भने ।आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

‘अब हाँस्छ अमेरिका’ यसै वर्षको जनवरीदेखि फेब्रुअरीसम्म अमेरिकाका १४ राज्यमा सञ्चालन भएको थियो । यो कार्यक्रममा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायतका कमेडियनले दर्शक हँसाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया