८ आश्विन २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार

युरो कप– २०२४ : डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग १–० ले पराजित

७ असार, काठमाडौं । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । विहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो ।

५५ औं मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो । सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पु¥याएको छ ।

समूह बीमा स्पेनले २ खेलबाट ६ अंक बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । यसैगरी अल्बानिया र क्रोएसियाको समान एक–एक अंक रहेको छ ।

युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्