८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

एउटा जमातअवैध सम्पतिलुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछःमन्त्रीअर्याल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केहीव्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनामगर्ने गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित‘सहकारी रोजगार मेला २०८१’ को समापनकार्यक्रमलाई सम्बोधनगर्दै उनले सहकारीको योगदानलाई भुलेर केहीव्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने कामभइरहेको बताए ।

उनले भने, ‘नेपालमा सहकारीको मूल्यमान्यताअनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुनआफुसँग उत्पादनभएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग ग¥यो । हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केहीमानिसहरु जो औंलाले गन्दाभ्याउने छन् । त्यो क्षेत्रमाआएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् ।

र बदनामगर्न संग संस्थामहासंघहरु खुलेर नै लागि पर्छन् ।’ उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमालागिरहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्कोजमादआफूहरुले राखेका अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमालागिरहेका छन् ।त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमानबनाउनको लागि के कस्तो योगदान पु¥याएको छ । सुसूचित गराउनआवश्यकछ ।’

प्रतिक्रिया दिनुहोस्