८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

९ असार, काठमाडौँ । नेपाली कांगे्रसका नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताPsf %g\ ।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उनले ठूला ठूला विकास साना कामबाट हुने भएकाले त्यो देखाउन प्रदर्शनी सफल रहेको बताए । गणतन्त्र नेपालको स्तम्भबाट प्रदर्शनी सुरु भएको उल्लेख गर्दै नेता रिजालले पूर्वाधारमा महिलाको सहभागितालाई पनि प्रदर्शनीले समेटेर राम्रो सन्देश दिन खोजेको उनले बताए ।

पूर्वमन्त्री रिजालले यी तस्बिरलाई श्रव्यदृश्यकै माध्यमबाट देखाउनसके अझ प्रभावकारी भई गणतन्त्रका उपलब्धि जीवन्तरुपमा जनसमक्ष आउने विचार व्यक्त गरे । “गणतन्त्र स्थापनापछि भौतिक विकासले निकै फड्को मारेको छ ।

सुरुङ, सडकबाटो, सिँचाइ, जलविद्युत्, सूचना तथा सञ्चार, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा काम भएका छन् । विकासको बहस काम गरेर पूरा हुन्छ बहस गरेर होइन भन्ने प्रष्ट पार्न पनि प्रदर्शनी सफल भएको छ । यसलाई श्रव्यदृश्यमार्फत जनसमक्ष देखाउन सके अझै राम्रो सन्देश जान्थ्यो”, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्