९ आश्विन २०८१, बुधबार
अर्थ मुख्‍य समाचार

सुनचाँदीको मूल्यमा वृद्धि

१० असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेर तोलामा एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्