३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

११ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ ।मनसुनदेशभरफैलिएपनितीनदिनपछिमात्रधेरैभूभागमाराम्रोसँगवर्षाहुनेसम्भावनारहेकोविभागलेउल्लेखगरेकोछ।

विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ । नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ ।योसँगैनेपालमाअबपश्चिमीवायुकोअसरपनिहटेकोछ ।यद्यपीमनसुनीवर्षागराउनेजलवाष्पप्रणालीसक्रियहुनअझैसमयलाग्नेविभागलेजनाएकोछ।

हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

मंगलबार राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत पानी पर्ने विभागले उल्लेख गरेको छ ।

राती कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले  सर्तकता अपनाउन आग्रह गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्