९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको बैठक बस्दै

११ असार, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा हलमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रलाय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक विनियोजनमाथि मन्त्रालयगत छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

यसअघि पनि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्