७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाज

भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णयप्रति एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

१२ असार , काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले साउनभित्र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने विषयमा सहजीकरण गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्र्ने निर्णय गरेपछि लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै एमाले जिल्ला कमिटी काठमाडौंले आज गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको हो ।

एमाले काठमाडौं जिल्ला सांसद कृष्ण गोपाल श्रेष्ठले साउनभित्र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नभए भत्ता नदिने भनि गरेको निणर्य ज्येष्ठ नागरिकका लागि  पीडादायी भएको बताए ।

श्रेष्ठले ज्येष्ठ नागरिकलाई सेवा लिन सहजीकरण गर्नको लागि गृह प्रशासनको ध्यानाकर्षण गराएको बताए ।

‘सामाजिक सुरक्षाभत्ता भनेर ज्येष्ठ नागरिकहरुले पाइरहेको भत्ता लिन उपत्यकामा साउन मसान्तभित्र राष्ट्रिय परिचयपत्रमा दर्ता हुनुपर्ने जुन अनिवार्यता छ । तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसके भत्ता लिन नपाउने कुरा छ । यो पीडाको विषय भयो, यसलाई व्यवहारिक र गृह प्रशासनले सहजीकरण गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ,’ श्रेष्ठले भने ।

यस्तै, श्रेष्ठले ध्यानाकर्षणपछि गृहमन्त्रीले सकारात्मक रुपमा लिएको र सहजीकरण गर्ने पहल गर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीले हाम्रो कुरालाई सकारात्मक तरिकाबाट लिनु भएको छ । यसमा कुनै पनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न गर्न नदिने गरी हामिले दिएको सुझावलाई कार्यान्वयनको तहदेखि आवश्यकता परेको सम्म काम गर्न तयार छु भन्नु भयो ।’

सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट दिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने निर्णय गरेको थियो ।

यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरण जस्ता सुविधाहरु रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्