७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

भरतपुरमा सुरु भो राष्ट्रिय वृक्षारोपण दिवस

१४ असार, काठमाडौँ । चितवनको भरतपुरमा वृक्षारोपण गर्ने अभियान सुरु भएको छ । भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा प्रज्ञा स्मार्ट पार्क, भरतपुर,रामनगरबाट वृक्षारोपण गर्ने अभियान सुरु भएको हो ।

एक समारोहका विच भरतपुर महागरपालिकाकी मेयर रेनु दाहालले साईकस नामक विरुवा रोप्दै अभियानको सुरुवात गरेकी थिईन् । सो अवसरमा बोल्दै दाहालले भरतपुरलाई थप हरियाली र सौन्दर्यकरण गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताईन् ।

उनले एक व्यक्तिलाई प्रयाप्त अक्सिजनका लागि ७ विरुवा आवश्यक पर्ने उल्लेख गरिन् । मानव जीवनका लागि वृक्षरोपण पुण्यको काम भएकालेसबैले वृक्षरोपण गर्नुपर्ने उनको भनाई थियो ।

उनले रुख विरुवाले नगरको सुन्दरता बढ्ने भन्दै वृक्षारोपण अभियानलाई निरन्तता दिनुपर्ने बताईन् । जिल्लाभित्रका खाली जग्गामा वृक्षारोपण अभियान सञ्चालनको थालनी
आजबाट गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

वृक्षरोपण नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, शसस्त्र वन रक्षक तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई वृक्षारोपण कार्यक्रममा सरिक हुन उनले निर्देशन दिए । कार्यक्रममा बोल्दै प्रज्ञा स्मार्ट पार्कका अध्यक्ष मोधराज न्यौपाने ( मधु)ले दुई वर्षअघिदेखि महानगरको सहकार्यमा पार्क स्थापना गरि हरियाली बनाउदै निरन्तर रुपमा वृक्षारोपण अभियान थालेको स्पष्ट पारे ।

उनले पार्कलाई सौन्र्दय करणडिभिजन वन कार्यालय चितवनले यो आर्थिक वर्षमा १ लाख विरुवा उत्पादन गरेको डिभिजन वन प्रमुख थीरबहादुर कार्कीले जानकारी दिदै यो वर्षदेखि अनुगमनको पाटोलाई विशेष ध्यान दिएको बताए । अभियानको क्रममा यो पटक विरुवा कसरी रोप्ने, कसरी हुर्काउने भन्ने विधि समेत प्रशक्षिण गराउने उनले बताए । साथै जिल्लाका सबै सरकारी कार्यालयमा १० देखि २० वटा सम्म वोटविरुवा वृक्षारोपण गर्ने समेत उनले जानकारी गराए । उनका अनुसार कार्यालयले आफ्नै नर्सरीमा तीन प्रकारको विरुवा उत्पादन गरेर वितरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्